सिंहदरबार गेटमा धर्ना दिन गएका कुमारी आमा र बिनु यादवलाई प्रहरीले घिसारेपछि…
काठमाण्डु– सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार दक्षिण गेट पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको छ ।सिंहदरबार गेट अगाडी धर्ना बस्न गएका ‘कुमारी आमा’ का नामले परिचित निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको हो । गृहमन्त्री स्ुधन गुरुङलाई आफ्ना पीडा राख्न भन्दैै उनीहरु विगत पाँच दिनयता सिंहदरबार गेट धाइरहेका छन् ।
