सरकारको निर्णयले जनतालाई हानी भयो भने अभिभावकको नाताले पार्टीले सच्याउँछः रवि लामिछाने
रौतहट– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारका निर्णयमाथि पार्टीको निगरानी रहने बताएका छन् । रौतहटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको बताए ।तर, सरकारबाट हुने निर्णयले जनतालाई लाभ नभई क्षति पुर्याउने अवस्था आए त्यसलाई सच्याउनुपर्ने र पार्टीले सच्याउने उनको भनाइ थियो ।
