विश्वकप फुटबल : तेस्रो स्थानका लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै
काठमाण्डु – फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार आइतबार बिहान पौने ३ बजे सुरु हुनेछ । सेमिफाइनलमा स्पेनसँग पराजित फ्रान्स र साविक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् ।
