नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन
काठमाण्डु– नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ। पाण्डेको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको हो । ०६२-६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा पाण्डेको विशालनगरस्थित निवासमा निधन भएको हो । क्यान्सरका बिरामी रहेका पाण्डेलाई हिजो मात्र अस्पतालबाट निवासमा लगिएको थियो ।
