दुर्गेशको गीत हटाउन माग गर्दै शिक्षक महासङ्घले भन्यो- शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार भयो
काठमाण्डु– नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ । महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको हो ।
