आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै
काठमाण्डु – आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। बाराको सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै शुक्रबार औपचारिकता प्रदान गर्ने तयारी भएको हो।
