कालापानी र सुस्ता क्षेत्रमा दुई पक्षको प्राविधिक टोलीले सिमांकन गरेको छैन : परराष्ट्रमन्त्री खनाल
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता नभएको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त चर्चामा कुनै सत्यता नभएको बताएका हुन् ।
