तस्बिरमा रास्वपाको नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय चमतीमा बुधबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले शपथ गराएका हुन् । शपथ समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह भने सहभागी भएनन् । चितवनमा भएको प्रथम महाधिवेशनले ९९ केन्द्रीय सदस्य चयन गरेको थियो ।
