SHARE
काठमाण्डुपाटी · बुधबार १७ असार २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

यातायात व्यवसायी महासंघले सरकारलाई भन्यो- स्वचालित प्रणालीअनुरुप भाडा समायोजन हुनुपर्‍यो

काठमाण्डु- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २०, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० ले मूल्य घटाएको थियो । महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी