विश्वकप फुटबल : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा
काठमाण्डु – फिफा विश्वकपअन्तर्गत इक्वेडरलाई पराजित गर्दै सह-आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको छ। मेक्सिको सिटी स्टेडियममा भएको राउन्ड अफ ३२ को खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको १६ मा पुगेको हो। विश्वकपको सहआयोजक मेक्सिकोले इक्वेडरलाई हराउँदै ४० वर्षपछि नकआउट चरण पार गरेको छ ।
