अनलाइनमार्फत सरुवाको निवेदन दिन निजामती कर्मचारीहरूलाई मन्त्रालयको आह्वान
काठमाण्डु – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ । मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरेर अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेश गर्न अनुरोध गरेको हो ।
