परराष्ट्रमन्त्री खनालसँग रूसी महासंघका राजदूतको शिष्टाचार भेट
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबिच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
