विश्वमञ्चमा वनमन्त्री चौधरी : पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पर्वतीय एजेण्डालाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्ने बताएकी छन् । थाइल्याण्डको बैंककमा २९ देखि ३० जुनसम्म आयोजना गरिएको सातौँ जलवायु तथा दिगो विकास लक्ष्य सम्बन्धी सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले त्यस्तो बताएकी बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।
