सरकारका कारण फिफाले एन्फालाई निलम्बन गर्यो : ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कारण फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको बताएका छन् । ओलीले सरकारी हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिममा पुगेको उल्लेख गर्दै खेलकुद क्षेत्रलाई आधार तहदेखि नै सुधार गर्नुपर्ने बताएका हुन्।
