सन्तोष साहको स्पष्टीकरण: मुद्दा चेकसँग सम्बन्धित, रेस्टुरेन्ट खरिदसँग होइन
सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा साहलाई जनकपुरबाट पक्राउ गरेको थियो।
