छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित
जनकपुरधाम- छोरीले गरेको कानुनी विवाह छुटाउन नमानेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुखमाथि गालीगलौज गरेको खुलेको छ। छोरीको बिहे नछुटाएको भन्दै धनुषाका एसपी रुपेश खड्काको सरुवा माग गरेपछि पार्टीले यादवलाई निलम्बन गरेको हो। रास्वपा मधेश प्रदेश कार्यालयले निलम्बनसँग पाँच बुँदे स्पष्टीकरण पनि सोधेको छ।
