काठमाण्डुका विभिन्न स्थानमा चोरी गर्ने ४ भारतीय पक्राउ
काठमाण्डु – काठमाण्डुका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहना लगायतका धनमाल चोरी गर्ने ४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो ।
