वनमन्त्री चौधरीसँग यूएन आवासीय संयोजकको भेटवार्ता
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबिच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
