ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन
काठमाण्डु- उपत्यकामा बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत बत्ती उल्लंघनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो ।
