चावहिल नापी कार्यालयका अमिन ६० हजार घुससहित रङ्गेहात पक्राउ
काठमाण्डु – राजधानी काठमाण्डुको नापी कार्यालय चावहिल २ नम्बर नापी टोलीका अमिन टोपजङ्ग खत्री घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले उनलाई ६० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा मंगलबार नियन्त्रणमा लिएको हो ।
