अब फोहर व्यवस्थापनमा समस्या नहुने
काठमाण्डु- काठमाडौं महानगरपालिकाले उपत्यकामा वर्खाको समयमा फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । विगतमा वर्षातको समय सुरु भएसँगै फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । तर अहिले अधिकांश स्थानमा सडक मर्मत भइसकेको र बाँकी रहेका केही स्थानमा पनि काम भइरहेको जनाएको छ ।
