SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

कर्णाली करिडोरमाथिबाट खसेको ढुंगाले लागेर किशोरीको मृत्यु

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली करिडोरमाथिबाट खसेको ढुंगा लागेर एक किशोरीको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउदको शुक्रबार बिहान ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार पवित्रा बिहान गाईगोरु चराउन थाग्णा क्षेत्रको जंगलमा गएकी थिइन् ।