SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ११:३० AM · 1 मिनेट पढाइ

चुनावी नतिजाले निराश छैनौँ, पार्टीलाई देशव्यापी बनाउँछौँ : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआए पनि आफूहरूले हार नमानेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनको नतिजालाई अनुभव र सिकाइका रूपमा लिएको बताए ।