SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

हिमाली भेगमा हिमआँधी र हिम पहिरोको जोखिम, पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने भएकाले अध्यागमन विभागले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली क्षेत्रमा मौसम खराब हुने सम्भावना रहेको जनाएको छ ।