SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

एनपीएलको प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम’ ले चाँदीको बल दिने

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको छ । एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन सम्झौता गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल दिइनेछ ।