‘मेरो कारण कसैको पनि शिर झुक्न दिन्न’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारण पार्टी सदस्यहरुको शिर झुक्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । कास्कीको पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए । साथै आफू पार्टी सत्तामा आएपछि कुनै पनि सदस्यहरुलाई आफ्नो कारणले शिर निहुरिन पर्ने अवस्था नपार्ने बताए ।
