मुस्ताङको स्याउ उत्पादन बढ्यो तर भएन सोचे जस्तो बिक्री
काठमाडौं । व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो । केही महिनादेखि पोखरा–काठमाडौं लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन् ।
