SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति, परम्परा तथा स्थानीय संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले स्थानीय मौलिकता र सांस्कृतिक संवेदनशीलतालाई बेवास्ता गरेर गरिएका निर्णयहरूले दीर्घकालीन समस्या निम्त्याउन सक्ने बताएका हुन् ।