‘सरकार पीडितप्रतिको जिम्मेवारी र दायित्वबाट पलायन हुन सक्दैन !’
अर्जुननरसिंह केसी- भोटेकोशी तथा रसुवा–नुवाकोटका बाढीपीडित लगायत हरूले दर्दनाक अवस्थामा दुई महिना बिताइसक्दा पनि प्रभावितहरूको स्थिति झन्-झन् कष्टकर र दयनीय बन्दै गएको छ। बाढी लगत्तैको प्रारम्भिक चरणमा सुरक्षाकर्मी परिचालन गरी राहतका केही कार्य भए पनि, त्यसपछिको पुनःस्थापना, आवास र जीविकोपार्जनका क्षेत्रमा राज्यको भूमिका पूर्ण रूपमा असफल, फितलो र अनुत्तरदायी देखिएको छ।
