२४.६ बीएचपी पावरसहितको हिरो एक्सपल्स २१० नेपालमा, मूल्य कति ?
काठमाडौं । नेपाली युवा राइडरहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको हिरोको नयाँ एड्भेन्चर मोटरसाइकल एक्सपल्स २१० सिजी मोटर्सले सार्वजनिक गरेको छ । कम्पनीले भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित एक कार्यक्रममार्फत नयाँ एक्सपल्स २१० को बिक्री सुरु भएको घोषणा गरेको हो । यसअघि नै नेपाल आइपुगेको एक्सपल्स २१० आइतबारदेखि ग्राहकले खरिद गर्न सक्नेछन् ।
