‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं रास्वपा बागमती प्रदेश सभापतिका उम्मेदवार डा.अच्युतम लामिछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ व्यवस्था लागू गर्न नहुने बताएका छन् । शनिबार पार्टीको बागमती प्रदेशको अधिवेशनको क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य नै सीमित हुने बताएका हुन् ।
