SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

भण्डारीको निधनप्रति गगन थापाले गरे दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार शोक विज्ञप्ति जारी गरेका हुन् । ८१ वर्षको उमेरमा भण्डारीको निधन भएको हो ।