पार्टी रूपान्तरण अभियानमा एमाले, प्रदेशस्तरबाट सुझाव लिँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीलाई अझ प्रभावकारी र जनतासँग नजिक बनाउन देशभरबाट सुझाव संकलन सुरु गरेको छ । पार्टीले स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका विषयमा सुझाव लिन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको छ ।
