कपिलवस्तुमा पत्रकारका लागि एआई प्रयोगसम्बन्धी तालिम
जेठ २५, कपिलवस्तु । पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगबारे ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तुमा एआईसम्बन्धी तालिम सञ्चालन गरिएको छ। बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा गोरुसिंगेमा आजदेखि तीनदिने तालिम सुरु भएको हो। तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको छ।
