बाणगंगाको हिउँदे नगर सभा पुस २८ गते गर्ने निर्णय
बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा मगंलबार भएको बैठकले हिउदे नगर सभा गर्ने लगायतका विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले योजनाहरू सुचारु गर्ने निर्णय गरेका बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।
