राप्रपाले कपिलवस्तु–१ मा प्रत्यक्ष तर्फ क-कसलाई सिफारिस गर्यो (सुचि सहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको विस्तारित बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरू सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको निर्णयअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार जनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ सिफारिस हुनेमा ध्रुव बहादुर रायमाझी, डा. माधव पन्थी, राजेन्द्र विक्रम शाह र रामु शर्मा रहनुभएको छ।
