काठमाडौं : हैदराबाद हाउसमा भएको महत्वपूर्ण बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति जारी गर्दैछन्। यस भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे।प्रधानमन्त्री मोदीले भारत र रुसको २३ औं शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए।प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनको भारतप्रतिको गहिरो मित्रताका लागि हार्दिक आभार व्यक्त गरे।