SHARE
अन्नपूर्ण · शनिबार २० मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

कराची सिटी एफसी र ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले  बाँडे अंक

काठमाडौं : साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्।  काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्।