SHARE
अन्नपूर्ण · शनिबार २० मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

७ दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा कृष्ण यादवको दाबी पेश

जनकपुरधाम : मधेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा कांग्रेसका यादवले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन्।प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहर आन्तरिक छलफलमा जुटेका थिए । तर, लोसपा र कांग्रेसको मुख्यमन्त्रीमा निरन्तर दाबी भएपछि सहमति हुन सकेको थिएन।