पावरप्लेमा जनकपुर बोल्ट्सको खराब सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरण २५ औँ खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पावरप्लेमा खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा शुक्रबारको खेलमा टस जितेर ब्याटिङ गरेको जनकपुरले पावरप्लेमा ३ विकेट गुमाउँदै ३६ रन जोडेको छ। पहिलो विकेट ओपनर माज सदाकतको विकेट गयो। पहिलो ओभरको पाँचौँ बलमा माज विकेट किपरको हातमा क्याच भए। दोस्रो विकेट अनिल कुमार शाह ७ रनमा एलबीडब्ल्यूको रुपमा पेभेलियन फर्किए।
