देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। कांग्रेस सभापति देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।जेनजी आन्दोलनपछि उनीहरूबीच औपचारिकरूपमा भेटघाट भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। भेटमा देउवा पत्नी आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी छन्।एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी पनि लिएका थिए।
