SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउँछ : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णयअनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन्।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताए।उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव दिए।