SHARE
अन्नपूर्ण · मङगलबार १६ मंिर २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं : काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ। नेपालका लागि बेलायती Deputy Ambassador Dr. Luke Beaumont, नबिल बैंकका प्रमुख कार्यकारी मनोज ज्ञवालीको आतिथ्यमा र सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि र अविभावकहरुको उपस्थितिमा सम्पन्न उक्त समारोहमा बीबीए (Business and Management), BHM, BSc. IT (CSE) उत्तीर्ण ५३५ जना विद्यार्थी दिक्षित भएका छन्।