SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

निर्वाचनभन्दा अघि महाधिवेशन गर्नुपर्छ, विशेष महाधिवेशन निर्विकल्प भयो : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि अनिवार्य रूपमा गर्नैपर्ने बताएका छन्।  शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने भन्दै निर्वाचनभन्दा अघि अनिवार्य रूपमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन्।