देशलाई कमजोर पार्ने खेलहरू चलिरहेका छन् : संयोजक प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशलाई कमजोर पार्ने खेलहरू चलिरहेको बताएका छन्। शनिबार नेपाली कम्युनिस्ट पार्टी कार्यालय पेरिसडाडामा आयोजित जेनजीसँग नेकपा विषयक अन्तरसम्वाद कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरू चलिरहेको बताएका हुन्। संयोजक प्रचण्डले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर राष्ट्र बनाउने कुरामा उच्च प्राथमिकता दिन जरुरी रहेको बताए।
