आमसभामार्फत एमाले अध्यक्ष ओलीले दिन खोजेका ८ सन्देश
काठमाडौं : जेनजी आन्दोलन भएको साढे २ महिना बित्यो। यो आन्दोलनमा भएको हिंसात्मक गतिविधिको त्रासले काठमाडौंका सडकमा राजनीतिक दलहरू निस्किन हिम्मत गर्दैन थिए। तर, शुक्रबार र शनिबार नेकपा एमालेले दल बलसहित खुलेरै शक्ति प्रदर्शन गरेको छ। शनिबार जनप्रदर्शनपछि भृकुटीमण्डपमा एमालेले प्रतिगमन विरुद्धको जनप्रदर्शन तथा सभाको नै आयोजन गरेको थियो। जेनजी आन्दोलनपछि पहिलो पटक निवर्तमान प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक स्थलको जनसभालाई सम्बोधन गरेका थिए।
