सर्वाधिक पुरस्कार राशिको अन्तरनगर फुटबल प्रतियोगिता गर्दै मध्यपुर थिमि
भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले बागमती प्रदेशव्यापी अन्तरनगरपालिकास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।प्रतियोगिताको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसँगै १० लाख २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । अन्तरनगरपालिका स्तरमा सर्वाधिक पुरस्कार राशि रहेको यस फुटबल प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।