केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण
नुवाकोट : केन्द्रीय कारागार नुवाकोट जाने पक्की निर्माण भइरहेको छ। विदुर नगरपालिका–५ र ६ स्थित लामिबगैचा, बाणाचौतारा हुँदै केन्द्रीय कारागारसम्म जाने सडक पक्की बनाउने कार्य गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त बजेटबाट उक्त सडकको स्तरोन्नति, ढलान तथा अस्फाल्ट–कालोपत्रे राख्ने कार्य गरिएको हो।उक्त सडकको स्तरोन्नतिसँगै केन्द्रीय कारगार नुवाकोट जानका साथै स्थानीयवासीलाई आवागमन सहज हुने र विकासको गति अझ बढ्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको भनाइ छ।
