रुकुम पश्चिम जिप दुर्घटना : ६ जनाको पहिचान खुल्यो
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा सात जनाको मृत्यु र १० जना घाइते भएका छन्।मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, १६ वर्षीय टेकजङ बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला बिक र २२ वर्षीय गोपाल ओली रहेका छन् प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार एक जनाको पहिचान खुल्न बाँकी छ।
