बुटवल नहरपुरमा घर तोडफोड गरेर साढे ६ तोला सुन चोरी
बुटवल : चाडपर्वको बेला घर तोडफोड गरेर सुनका गरगहना र नगद चोर्ने क्रम बुटवलमा तीव्र बन्दै गएको छ। भाइटीकाको दिन राति बुटवल उपमहानगरपालिका–११ नहरपुर निवासी मन्जना थापाको घर फोडेर साढे ६ तोला सुन चोरी भएको छ। घरपरिवारले शुक्रबार मात्र घरमा चोरी भएको थाहा पाएका छन्। घरको दोस्रो फ्लाइटमा दराजमा राखेको सुनको छड्के तिलहरी, औठी, बाला र चन्द्रमालाका गहना चोरी भएको पीडित थापाले बताइन्। उनीहरू तिहार मनाउनका लागि जन्मगाउँ प्युठानको ऐरावती गाउँपालिकास्थित सराङबेसीमा गएका थिए।
